
काठमाडौं । सुनको भाउ आज तोलामा १०० रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार १०० रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख १५ हजार ८०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर दुई हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५७० रुपैयाँ थियो । गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार ५६५ रुपैयाँ थियो ।