२०८२ भदौ २९, आइतवार , ०३:२०:५६ बजे

Sajhamanch
'

२६२ किलो गाँजासहित ३ जना पक्राउ

आइतवार, भदौ २९, २०८२

विराटनगर । विराटनगर महानगरपालिका–१५ बाट २६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले मे.१ च. ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।

आइतवार, भदौ २९, २०८२ | अपराध, समाज

सम्बन्धित खबर