
काठमाडौं । अस्ति शुक्रवार रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले घटेको छ । भाउ घटेको दिन आज सुन तोलाको दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १५ हजार ८०० रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको दुई हजार ५७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।