२०८२ कार्तिक २०, बुधवार , ०२:१८:२२ बजे

Sajhamanch
'

तनावग्रस्त परिस्थितिमा संयमित रहन प्रेस चौतारी नेपालको आह्वान

बिहिवार, भदौ २६, २०८२

काठमाडौं । प्रेस चौतारी नेपालले हाल उत्पन्न तनावग्रस्त परिस्थितिमा संयमता र एकता कायम राख्न संगठनका सदस्य पत्रकारहरूलाई आग्रह गरेको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जारी गर्नु भएको वक्तव्यमा जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि त्यसको सामना गर्नेुको विकल्प नरहेको उल्लेख छ।

‘परिस्थिति जतिसुकै प्रतिकूल भए पनि हामीले यसको सामना गर्नै पर्छ र गर्न सकिन्छ’ वक्तव्यमा भनिएको छ।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको संरक्षणका पक्षमा प्रेस चौतारी नेपालको स्पष्ट धारणा रहेको जनाउँदै, यो सङ्कटको समाधान संविधानभित्रै र संवैधानिक प्रक्रियामार्फत खोजिनुपर्ने उहाँले प्रष्ट पार्नु भएको छ ।

वक्तव्यमा सडकमा देखिएको तनावग्रस्त अवस्था सामान्य बनाउन सबैलाई सहयोग गर्न अपिल गरिएको छ। साथै, संगठनका सदस्यलाई अझ संगठित र अनुशासित रहँदै सञ्चारकर्ममा लाग्न आह्वान गरिएको छ ।

व्यवस्था मास्नका लागि गरिएका सबै खालका षड्यन्त्रका विरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एक हुन पनि उहाँले आह्वान गर्नु भएको छ । उहाँले सबै राष्ट्रवादी शक्तिलाई संयमित र एकताबद्ध रहन पनि आग्रह गर्नु भएको छ ।

सम्बन्धित खबर