२०८२ भदौ २३, सोमवार , ०४:२७:५९ बजे

Sajhamanch
'

घुसपैठ भएकाले सुरक्षित घर फर्कन ‘जेन जी’ आन्दोलनको आह्वान

सोमवार, भदौ २३, २०८२

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेको ‘जेन जी’ आन्दोलनले सबै आन्दोलनकारीहरूलाई घर फर्कन आह्वान गरेको छ ।

काठमाण्डौको बानेश्वरमा भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै आन्दोलनले सबैलाई फर्कन आह्वान गरेको हो। ‘जेन डट जेट नेपाल’ ले सूचना निकालेर प्रदर्शनमा सहभागी सबैलाई फर्कन भनेको हो ।

बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेपछि प्रहरीले शुरूमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । संसद् भवन परिसरमा पनि प्रदर्शनकारीहरू प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो ।

सोमवार, भदौ २३, २०८२ | समाज

सम्बन्धित खबर