
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताउनु भएको छ ।
एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गर्नु भएको छ ।
जेनजी पुस्ताले देशको कानुन बुझ्ने उहाँले बताउनु भयो । ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ । देशको कानुनलाई मान्छ । त्यसकारण जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन् । त्यो बेकारको कुरा हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौं । तर, बेथितिका विरोधी हौं । हेप्न खोज्नेहरुको विरोधी हौं ।’