२०८२ भदौ २३, सोमवार , १२:५५:५२ बजे

Sajhamanch
'

सुनको भाउ ४०० रुपैयाँले घट्यो

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सुनचाँदीको भाउमा आज घटेको छ । सुन आज ४०० रुपैयाँले घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको दुई हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार ५०० रुपैयाँ थियो ।

सोमवार, भदौ २३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर