२०८२ भदौ २२, आइतवार , ११:१२:०० बजे

Sajhamanch
'

एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदै

आइतवार, भदौ २२, २०८२

काठमाडौं । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने पहिलो खेलमा मधेश युनाइटेड र काठमाण्डौ स्पाइकर्स खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरु हुनेछ ।

यस्तै दिउँसो ४ बजे लुम्बिनी लाभास र पोखरा निन्जाजबीच खेल हुँदैछ । हिजो भएको खेलमा ललितपुर क्वीन्स, कर्णाली यशविस र मधेश युनाइटेड विजयी भएका थिए । प्रतियोगितामा छ वटा टोली रहेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।

आइतवार, भदौ २२, २०८२ | खेलकुद