२०८२ भदौ २०, शुक्रवार , ०१:५१:०६ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख १० हजार ४०० रुपैयाँ पुग्यो

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार ५०० रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुइृ लाख सात हजार ९०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउले पनि कीर्तिमान कायम गरेको छ । चाँदी आज तोलाको १० रुपैयाँ बढेर तोलाको दुई हजार ४९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो तोलाको दुई हजार ४८० रुपैयाँ थियो ।

शुक्रवार, भदौ २०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर