२०८२ भदौ २०, शुक्रवार , ११:२३:४८ बजे

Sajhamanch
'

झापामा हतियार देखाएर तीन तोला सुन र नगद लुटपाट

शुक्रवार, भदौ २०, २०८२

झापा । झापामा हतियार देखाएर लाखौँको लुटपाट गरिएको छ । गएराति अन्दाजी ८ः४० बजे शिवसताक्षी नगरपालिका -११ स्थित बच्चाबगरका ५३ वर्षीया कृष्णकुमारी राईको घरमा मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार खुकुरी र चक्कु देखाई कृष्णकुमारीले घाँटीमा लगाएको सुनको सिक्री २.५ तोला, हातको औलाको सुनको औँठी आधा तोला गरी जम्मा तीन तोला सुन र घरभित्र पर्समा राखिएको नगद १ लाख समेत गरी जम्मा सात लाख बराबरको धनमाल लुटेर फरार भएका हुन् ।

घटनाबारे राति ९ः१० बजे इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक नोरजङ लामाको कमान्डमा ५ जनाको प्रहरी टोली खटिएर लुटेराहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर