
झापा । झापाको अर्जुनधारा नगरपालिका–१० पञ्चकन्याटोलमा बुधबार राति विद्युत सट भई आगलागी भएको छ ।
केदार ढुङ्गेलको तीन तले घरको भुईं तल्लाको टिभी कोठामा अचानक आगो लागेको हो । आगलागी स्थानीय बासिन्दा, प्रहरी टोली तथा मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा अन्दाजी ९ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट कोठामा रहेको १ थान टेलिभिजन र १ थान दराज जलेर नष्ट भएको जनाइएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्युत सटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।