२०८२ भदौ १९, बिहिवार , ११:५२:०९ बजे

Sajhamanch
'

एक हप्तादेखि निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर

बिहिवार, भदौ १९, २०८२

काठमाडौं । एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको सुनको भाउ त्यसयता लगातार बढेको थियो । अस्ति मंगलबार सुनको भाउ तोलाको दुई लाख पाँच हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी हिजो तोलाको दुई हजार ४८० रुपैयाँ रहेकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार ४८५ रुपैयाँ पुगेको थियो ।

बिहिवार, भदौ १९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर