२०८२ भदौ १९, बिहिवार , १०:२७:१९ बजे

Sajhamanch
'

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

बिहिवार, भदौ १९, २०८२

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ ।

उहाँका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उहाँले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गरिने बताउनु भयो ।

महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदै छन् ।

सम्बन्धित खबर