२०८२ भदौ १८, बुधवार , ०३:२४:२४ बजे

Sajhamanch
'

एमाले विधान महाधिवेशनको तयारी अन्तिम चरणमा

बुधवार, भदौ १८, २०८२

ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन २०८२ भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै छ। सो महाधिवेशनको तयारीको काम धमाधम भइरहेको र करिब पूरा भएको पार्टीले जनाएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने महाधिवेशनको तयारी पूरा भएको पार्टीले जनाएको छ। उक्त महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन्।

महाधिवेशनस्थल सनराइज हलको प्रांगणमा पुष्पलाल, मदन भण्डारी, मनमोहन, केपी ओली साथै मार्क्स, एंगल्स र लेनिनको कटआउट राखिएको छ।

कार्यक्रमको तयारीबारे आज एमाले प्रचार विभागले पत्रकार सम्मेलन गर्दैछ।

सम्बन्धित खबर