२०८२ भदौ १८, बुधवार , १०:२६:३२ बजे

Sajhamanch
'

खरेललाई ‘उत्कृष्ट लोकपप गायक अवार्ड’

बुधवार, भदौ १८, २०८२

भद्रपुर । झापाको भद्रपुर १० चन्द्रगढी निवासी गायक अर्जुन खरेल ‘उत्कृष्ट लोकपप गायक अवार्ड’ बाट सम्मानित हुनुभएको छ ।

भियतनामको दनाङमा सम्पन्न ग्लोबल कन्फरेन्स एण्ड अवार्ड २०२५ मा गायक खरेलले उत्कृष्ट लोकपप अवार्ड हात पार्न सफल हुनु भएको हो ।

खरेलले आफ्नो गीत ‘दुई चुल्ठी’का लागि उत्कृष्ट लोकपप गायक अवार्ड प्राप्त गर्न सफल भएको जानकारी दिनुभएको हो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकपप गीतको प्रतिष्ठा बढाएको भन्दै खरेललाई उक्त अवार्ड प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

भियतनामका पूर्व राष्ट्रपतिकी बुहारी हुयेन थि लिउले उक्त अवार्ड तथा सम्मानपत्र खरेललाई हस्तान्तरण गर्नुभएको बताइएको छ ।

सम्बन्धित खबर