२०८२ भदौ १७, मङ्गलवार , ०५:३४:१९ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली बेइजिङमा

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियान्जिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भई आज बेइजिङ पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुग्नुभएको हो । त्यसअघि उहाँ नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई तियान्जिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारले बिदाइ गरेका थिए ।

बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ । साथै उपराष्ट्रपति चङ्गले आयोजना गरेको रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने छ ।

चीनका राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय भेटवार्ता भइसकेको छ । भोलि भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेतासँगै नेपाली प्रतिनिधिमण्डल चीन सरकारले बेइजिङमा आयोजना गरेको विजयोत्सव समारोहमा सहभागी हुनेछ ।

प्रधानमन्त्रीसहितको नेपाली टोली भोलि राति स्वदेश फर्कने छ ।

सम्बन्धित खबर