२०८२ भदौ १८, बुधवार , ०१:५४:२२ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ५९०० पुग्यो

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै राखेको छ । सुनको भाउ आज ६०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हिजो सुनको भाउ दुई लाख पाँच हजार ३०० रुपैयाँ थियो भने अस्ति पनि सुन तोलाको दुई लाख तीन हजार ६०० रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको थियो ।

चाँदीको भाउले पनि आज कीर्तिमान कायम राखेको छ । चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार ४८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४७० रुपैयाँ थियो ।

मङ्गलवार, भदौ १७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर