
काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।
सुनको भाउ आज एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा दुई लाख तीन हजार ६०० रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ तोलाको दुई लाख ६०० रुपैयाँ थियो ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर दुई हजार ४७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४२५ रुपैयाँ थियो । यस्तै शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार ३६० रुपैयाँ थियो ।