२०८२ पौष १ मङ्गलवार , ०६:०१:५४ बजे

Sajhamanch
'

दुई संसदीय समितिको बैठक बस्दै

सोमवार, भदौ १६, २०८२

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दै छ।निर्धारित कार्यसूची अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो। बैठक बिहान ११ः३० बजे बस्नेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ का सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यक्रम छ।