२०८२ भदौ १२, बिहिवार , १२:२७:४९ बजे

Sajhamanch
'

ऋषिपञ्चमी व्रत कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिपञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताउनु भएको छ।

आज अर्थात् बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिनुहुँदै सो कुरा बताउनु भएको हो।

मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको रुपमा पनि लिने गरेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ। उहाँले सो पर्व अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना दिनुभएको छ।

प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी। हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ। मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना।’

सम्बन्धित खबर