२०८२ भदौ १२, बिहिवार , ११:०६:२७ बजे

Sajhamanch
'

दुर्घटना मृत्यु बीमा वापत नयाँ मिलन साकोसद्वारा ६ लाख रुपैयाँ प्रदान

बिहिवार, भदौ १२, २०८२

बिर्तामोड । बिर्तामोडस्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना मृत्यु बीमा वापत आफ्ना दुईजना सदस्यको परिवारलाई ६ लाख रुपैयाँ प्रदान गरेको छ ।

गत बैशाख ९ गते घाग्रा पूलमा सवारी दुर्घटनामा मृत्यु भएका अर्जुनधारा ५ का ६७ वर्षीय लेखनाथ सापकोटा र २०८० पुष ५ गते हेटौंडा–पथलैया सडक खण्डमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका दमक वडा नं ७ घर भई बिर्तामोड २ बस्ने नगेन्द्रप्रसाद उप्रेतीको परिवारलाई ३–३ लाख रुपैयाँका दरले दुर्घटना मृत्यु बीमाको रकम प्रदान गरिएको हो ।

स्वर्गीय सपकोटाको रकम मिनाकुमारी सापकोटालाई र उप्रेतीको रकम सोमनाथ उप्रेतीलाई संस्थाका व्यवस्थापक सुमित्रा रेग्मीले प्रदान गर्नुभएको हो । नयाँ मिलन साकोसले नियमित बचत गर्ने शेयर सदस्यका लागि विभिन्न सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

बीमा रकम हस्तान्तरण गर्दै संस्थाका व्यवस्थापक रेग्मीले नयाँ मिलनका महिला सदस्य सुत्केरी हुँदा पोषण खर्च ३ हजार, सदस्यको मृत्यु भएको अवस्थामा मृत्यु राहत खर्च १५ हजार र सदस्यको बुबाआमाको मृत्यु भएको अवस्थामा मृत्यु राहत खर्च ५ हजार रुपैयाँ र सदस्यहरु सवारी दुर्घटनामा परेमा अवस्था हेरी उपचार खर्च वापत २ हजारदेखि ५ हजारसम्म प्रदान गरिने नीतिगत व्यवस्था रहेको बताउनु भयो ।

सम्बन्धित खबर