
काठमाडौं । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तोलामा ३०० रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३६० रुपैयाँ थियो ।