
कालीकोट । पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र–२ कालेखोला नजिकै गएराति पहिरो झरेको हो ।
सडक छेवैबाट पहिरो गएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो ।
सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र पालिकासँगको समन्वयमा सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।