
काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ । आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ९७ हजार ५०० रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ भने बढेको छ । चाँदी आज पाँच रुपैयाँले बढेर तोलाको दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३५० रुपैयाँ थियो ।