२०८२ भदौ ८, आइतवार , ०२:१२:१५ बजे

Sajhamanch
'

इलामको बसपार्कस्थित होटलमा पुरुष मृत फेला

आइतवार, भदौ ८, २०८२

इलाम । पाँचथरको हिलिहाङ-३ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृतअवस्थामा भेटिएका छन् ।

३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीकाअनुसार शेर्पा अघिल्लो दिन साँझ इलाम बजारको सो होटलमा बास बस्न पुगेका थिए ।

शेर्पाको शव इलाम अस्पतालमा पोस्टमार्टमका लागि पठाउनुका साथै आफन्तलाई झिकाएर कानुनी प्रक्रिया अगाडि बढाएको पनिप्रहरीले जनाएको छ ।

आइतवार, भदौ ८, २०८२ | समाज

सम्बन्धित खबर