
काठमाडौं । सुनको भाउ आज तोलामा एकैदिन दुई हजार ३०० रुपैयाँले बढेको छ । भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार ३१० रुपैयाँ थियो ।