
काठमाडौं । साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।
यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।
डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले आउँदो बुधवार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतवार भूटानसँग खेल्ने छ ।