
झापा । झापा गौरिगञ्ज गाउँपालिका–१, नेपाल–भारत सीमाक्षेत्रबाट लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहिबार साँझ करिब ५ः२५ बजे प्रहारी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मे. ५ प. ८००३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो।
मोटरसाइकल चालक झापा कमल गाउँपालिका–५ बस्ने ३१ वर्षीय धनेस सहनीले लगाएको हेलमेटभित्र प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने ६ ग्राम १६ मिलिग्राम खैरो लिसाइला पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकल र बरामद लागुऔषधसहित सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।