
काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९४ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २९० रुपैयाँ थियो ।