२०८२ भदौ ५, बिहिवार , ०१:०२:४६ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा १३०० रुपैयाँले बढ्यो

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एकैदिन एक हजार ३०० रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५५ रुपैयाँ थियो ।

बिहिवार, भदौ ५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर