२०८२ भदौ ४, बुधवार , ०१:४१:२१ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

बुधवार, भदौ ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराउनुभयो।

मुख्य सचेतक बर्तौलाले भन्नुभयो ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए। यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो।