२०८२ भदौ ४, बुधवार , १२:११:०४ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा १६०० रुपैयाँले घट्यो

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एकैदिन एक हजार ६०० रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ४५ रुपैयाँले घटेर तोलाको दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३०० रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबर