
काठमाडौं । हिजो ९ अङ्कले बढेको शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५१ अङ्कले बढेर २ हजार ७७६ दशमलव ९० विन्दुमा पुगेको छ ।
आज शेयर बजारका सबै सूचक बढेको छ । यस्तै १४२ वटा कम्पनीको शेयर बढ्दा १०७ वटाको भने घटेको छ ।
आज सान्भी इनर्जी लिमिटेडको शेयर झन्डै ७ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नारायणी विकास बैंकको शेयर भने ६ दशमलव १४ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३१६ वटा कम्पनीका १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।