
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय सगीर नाम गरेका व्यक्ति रहेको ब्युरोका सई बालकृष्ण सन्जेलले जानकारी दिनुभयो ।
उनको साथबाट उनको भारतीय आधार कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।