२०८२ भदौ ३, मङ्गलवार , ११:३४:११ बजे

Sajhamanch
'

मेचीनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

मङ्गलवार, भदौ ३, २०८२

झापा । मेचीनगरमा टेबल पङ्खा मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सोमबार साँझ ५ बजे मेचीनगर-५ भेटघाट चौक बस्ने २२ वर्षीय संदिप राजवंशी आफ्नै घरको टेबल पङ्खा बिग्रिएर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर अचेत भएका थिए । उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा डाक्टरले साँझ ६ बजे मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको कमान्डमा टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर