२०८२ भदौ ३, मङ्गलवार , ०७:२१:५५ बजे

Sajhamanch
'

शिवसताक्षीमा बजार अनुगमन, म्याद गुज्रेका सामानहरु तत्कालै डिस्पोज गरिँदै

सोमवार, भदौ २, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले दूधेमा सोमबार छड्के अनुगमन गरेको छ । मुख्य चाडपर्वको सम्मुख नगरपालिकाले बजार अनुगमन गरेको हो ।

अनुगमन समितिका संयोजक नगर उपप्रमुख नरमाया कार्कीले दूधे बजार अनुगमनका क्रममा केही खाद्य वस्तुहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको जानकारी दिनुभएको छ ।

सूर्य पान तथा किराना पसलबाट जङफुड्स, चियारङ्ग, कपालमा लगाउने तेल, आँपको अचार, मञ्जन लगायतका सामग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको उहाँले जनाउनु भयो ।

पानस किराना पसलमा प्याकेट खेलिएको खोर्सनीको धुलो, खैनी, साबुन लगायतका समग्री म्याद गुज्रिएको अवस्थामा फेला परेका छन् । म्याद गुज्रिएको पेय पदार्थ र खाद्य सामाग्री नगरपालिकाले तत्कालै डिज्पोज गरेको छ ।

नियमित अनुगमन गर्दा व्यापारीहरुले गुणस्तरीय र म्याद भित्रका वस्तुमात्र बिक्री गर्ने संस्कार बस्छ । यसले कालोबजारी, मिलावट, नक्कली र म्याद गुज्रिएका समानको कारोबारमा नियन्त्रण हुने तथा उपभोक्ताहरुमा पनि सचेतना बढ्छ उपप्रमुख कार्कीले बताउनु भयो ।

विद्यालयको आसपासमा खैनी, गुड्खाजस्ता पदार्थहरु बेचविखन गर्न नपाइने नगरपालिकाले जनाएको छ । सोमबारको अनुगमन खाद्य सामग्री बिक्री गर्ने, किराना पसल, मासु पसलहरुमा भएको थियो ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, दुधे बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थोप्रा, नेपाल प्रहरी, नगर प्रहरी, नगरका कर्मचारीहरुको सहभागिता थियो ।

सम्बन्धित खबर