
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १६ अङ्कले बढेर २ हजार ७७० दशमलव ३९ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ ।
आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर ६ दशमलव १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सम्पदा लघुवित्त कम्पनीको शेयर भने ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३२० वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।