
काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार ३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३१० रपैयाँ रहेको थियो ।