२०८२ साउन ३०, शुक्रवार , १२:५०:२८ बजे

Sajhamanch
'

भद्रपुरमा फलफूल बेचेर घर फर्किँदै गर्दा लडेर एक वृद्धको मृत्यु

शुक्रवार, साउन ३०, २०८२

भद्रपुर । भद्रपुरमा फलफूल बेचेर घर फर्किँदै गर्दा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ निवासी अन्दाजी ७० वर्षीय श्यामलाल मण्डल रहेको प्रहरीले जनाएको छ । ग

एराति ८ः३० बजे भद्रपुर नगरपालिका-३ पुरानो ढाँट नजिकै बिहीबार ज्ञानेचोक हटियाबाट फलफूल बेचेर ठेला चलाई घर फर्किँदै गरेका उनी अचानक चक्कर लागेर बेहोस भई सडकमा लडेका थिए ।

स्थानीयले देखेर प्रहरी चौकी महेशपुरको सहयोगमा उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाएकोमा राति ९ बजे मृत घोषणा गरेका थिए । मृतकको झापाचोकमा फलफूल पसल पनि छ ।

शुक्रवार, साउन ३०, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर