
काठमाडौं । आज सुनचाँदीको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको दुई हजार ३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३४० रुपैयाँ रहेको थियो ।