२०८२ साउन २९, बिहिवार , ०१:४५:४६ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ सामान्य बढ्यो

बिहिवार, साउन २९, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको दुई हजार ३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३२५ रुपैयाँ रहेको थियो ।

बिहिवार, साउन २९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर