२०८२ साउन २८, बुधवार , ०१:०२:१० बजे

Sajhamanch
'

दुहबीमा दुई पुरुषको हत्या, निर्माणाधिन घरमा शव फेला

बुधवार, साउन २८, २०८२

सुनसरी । सुनसरीको दुहबीमा दुईजना पुरुषको हत्या गरिएको छ । दुहबी नगरपालिका-४ मा निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताउनु भयो ।

उहाँका अनुसार ती पुरुषलाई कसैले हत्या गरी फ्यालेको हुनसक्ने अनुमान गरिएको छ । पहिचान नखुलेका पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको डीएसपी खतिवडाले बताउनु भयो ।

बुधवार, साउन २८, २०८२ | अपराध, समाज

सम्बन्धित खबर