२०८२ साउन २७, मङ्गलवार , ०४:४४:५४ बजे

Sajhamanch
'

साउन ३१ गते बिर्तामोडमा भब्य आध्यात्मिक कार्यक्रम हुँदै

मङ्गलवार, साउन २७, २०८२

बिर्तामोड । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा साउन ३१ गते श्री राधामाधव भजनस्थलीले दिनभर आध्यात्मिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बिर्तामोडको अग्रसेन भवनमा बिहान ७ः३० बजेदेखि राति १२ बजेसम्म कृष्णकथा, भजनकीर्तन, विश्वशान्ति महायज्ञ, हरेकृष्ण वृत्तचित्र, महाभिषेक, महाआरती, नाटक एवम् सांस्कृतिक कार्यक्रम गरिने भएको हो ।

संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आध्यात्मिक कार्यक्रम आयोजना सम्बन्धी जानकारी गराएको हो । उक्त दिन १० हजारभन्दा बढी भक्तजनको सहभागिता रहने आयोजकको विश्वास छ ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति वाचन गर्दै सिद्धस्वरुप दाश ब्रम्हचारीले सनातन धर्मको रक्षा र प्रवर्धन गर्दै युवालाई सनातन संस्कृति तथा आध्यात्मिकतासँग जोड्नु रहेको बताउनु भयो ।

श्री राधामाधव भजनस्थली संस्थाको मुख्य उद्देश्य भागवत गीता र श्रीमदभागवतका शुद्ध र असल शिक्षाहरुलाई कुनै पनि विकृति वा मिश्रण नगरी जनमानसमा फैलाउनु रहेको सिद्धस्वरुपले जानकारी दिनु भयो ।

सनातन धर्मको गौरवशाली परम्परामा स्थापित श्री राधामाधव भजनस्थली झापामा विधिवत दर्ता रहेको धर्मिक संस्था भएको सिद्धस्वरुपले बताउनु भयो ।

सम्बन्धित खबर