
काठमाडौं । सुनको भाउ दुई दिनमा दुई हजार ४०० रुपैयाँले घटेको छ । हिजो तोलामा एक हजार १०० रुपैयाँले घटेको सुन आज पनि एकैदिन एक हजार ३०० रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको दुई हजार ३०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३१५ रुपैयाँ रहेको थियो ।