२०८२ साउन २६, सोमवार , ०५:४६:१६ बजे

Sajhamanch
'

जंगली च्याउ खाँदा उर्लाबारीमा एकै परिवारका पाँचजना बिरामी

सोमवार, साउन २६, २०८२

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । प्रहरीका अनुसार लालबहादुर खड्काको परिवारका सदस्यहरू बिरामी परेका हुन् ।

बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुरसहित उहाँकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का र बुहारी २४ वर्षीया जानुका खड्का रहेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी बनाएर खाँदा आइतबार राति उनीहरू बिरामी परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी परेका सबैजनाको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको र शेरबहादुर तथा जानुकाको अवस्था मध्यम रहेको छ । अरुको अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

सोमवार, साउन २६, २०८२ | समाज

सम्बन्धित खबर