
काठमाडौं । अस्ति शुक्रबार अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । भाउ घटेर आज सुन तोलाको एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ एक लाख ९९ हजार ४०० रुपैयाँसहित कीर्तिमान बनाएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको दुई हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार ३२५ रुपैयाँ थियो ।