२०८२ साउन २५, आइतवार , १२:१९:४० बजे

Sajhamanch
'

झापामा अवैध सखुवा काठ बरामद

आइतवार, साउन २५, २०८२

झापा । झापाको कनकाईबाट प्रहरीले अवैध सखुवा जातको काठ बरामद गरेको छ । तस्करहरूले लैजाँदै गरेको करिब ८ किवी सखुवा काठ प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले गएराति १ः३० बजे कनकाई नगरपालिका-४ को त्रिवेणी टोलमा कोटीहोमबाट टेक्रा जाने बाटोको छेउ झाडीबाट सो काठ बरामद गरेको हो । बरामद काठ इलाका प्रहरी कार्यालय सुरुङगामा राखिएको छ । सो काठ कसले ल्याएको हो भनेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर