२०८२ साउन २२, बिहिवार , ०४:३०:५९ बजे

Sajhamanch
'

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नेकपा (एमाले)ले पनि निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ । यस अघि प्रतिपक्षी दलहरु नेकपा माओवादी, रास्वपा, राप्रपा, जनमतलगायत दलहरूको संयुक्त बैठकले विरोध गरेको कार्यविधि प्रति एमालेले पनि असहमती जनाएको हो ।

स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भए पनि आयोगले हस्तक्षेप गर्न खोजेको एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले बताउनुभयो ।

आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दलहरुलाई आग्रह गरेको थियो । सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय रहेको एमालेको भनाइ छ ।

सम्बन्धित खबर