२०८२ साउन २२, बिहिवार , ०४:३५:१३ बजे

Sajhamanch
'

एनएमसी कालिकोसी कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बिहिवार, साउन २२, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा

प्रथमपटक प्रकाशित मितिः २०८२/०४/२१

जिल्ला मोरङ कानेपोखरी ५ का स्व.कृष्णबहादुर कार्की (सदस्य नं. २०३८३५)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८२ साल पुस २४ गते निधन भई शेषपछिको हकदावीमा मोरङ जिल्ला कानेपोखरी ५ बस्ने निजको छोरा अजय कार्कीले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल साउन ८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी कालिकोसी कार्यालय

बिहिवार, साउन २२, २०८२ | विज्ञापन

सम्बन्धित खबर