
काठमाडौं । सुनको भाउ आज स्थिर रहेको छ । आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार ३०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २८० रुपैयाँ रहेको थियो ।